ती व्यक्तिहरूको लागि डिजाइन गरिएको हो जसको पेशाले आफूलाई COVID-19 को सम्पर्कमा आउने उच्च जोखिममा राख्ने माग गर्छ, यो साढे 3 मिनेटको प्रस्तुतीकरणले आपतकालीन प्रतिक्रियादाता र अन्य अत्यावश्यक कर्मचारीले आफ्नो घरमा कोरोना भाइरस फैलनौ जोखिम कम गर्नको लागि शिफ्टमा जानुअघि र गएर आएपछि प्रयोग गर्न सक्ने विभिन्न सुरक्षा उपायहरूको परिचय गराउँछ।


यो LSU NCBRT/ACE webinar ले महामारीको अवधिमा वैकल्पिक स्याहार साइटहरूमा ध्यान केन्द्रित राख्छ। प्रस्तुतीकरणमा वैकल्पिक स्याहार साइटहरू सेट गर्ने र वैकल्पिक साइटहरूले कसरी अस्पतालहरूमा रहेका केही बोझलाई राहत दिन सक्छन् भन्नेबारे जानकारी समावेश छ।


यो webinar मा, LSU NCBRT/ACE ले प्रतिक्रियादाता समुदायमा चिन्ता वा तनाव निम्त्याउन सक्ने COVID-19 पक्षहरू जाँच गर्दछ। भिडियोले प्रतिक्रियादाताहरूले त्यस्तो चिन्तालाई व्यवस्थित वा कम गर्नको लागि अभ्यास गर्न सक्ने प्रविधिहरू पनि प्रस्ताव गर्छ।


यी दुईवटा भिडियोले COVID-19 द्वारा दृश्य र प्रमाण दूषित भएको ठाउँमा अपराध दृश्य अनुसन्धान सञ्चालन गर्दा अपनाउनुपर्ने उचित सावधानीहरूलाई हाइलाइट गर्नेछ। पहिलो भिडियोले सुरक्षित तरिकाले दूषित प्रमाण सङ्कलन र भण्डा गर्ने, हिरासतको श्रृंखला कायम राख्ने, अदालतको कक्षमा खुलस्त प्रमाण प्रयोग गर्ने, प्रमाण र प्रयोगशाला विश्लेषण सुरक्षाहरू शुद्ध गर्ने सम्बन्धी संक्षिप्त विवरण उपलब्ध गराउँछ। दोस्रो भिडियोले सुरक्षित तरिकाले अदृश्य औंलाछाप, कपाल र फाइबर, सेरोलोजिकल, माटोको ट्रेस, छाप र कागजाती प्रमाणको सङ्कलन र प्याकेजिङको लागि क्रमश: कार्यविधिहरू पेश गर्छ।


LSU NCBRT/ACE ले 6 मिनेटको भिडियो, "PPE लगाउने र निकाल्ने सम्बन्धी CDC अनुक्रम" सिर्जना गर्‍यो, जसले दर्शकहरूलाई गाउन,मास्क/श्वासयन्त्र, अनुहार ढाल (फेस शिल्ड) र पन्जाहरू लगाउने र निकाल्ने सम्बन्धी CDC द्वारा निर्देशित मार्गनिर्देशनहरू मार्फत क्रमश: डोर्‍याउँछ।


LSU NCBRT/ACE ले आपतकालीन सञ्चालन केन्द्रहरूका लागि सामाजिक दूरी कायम राख्दा प्रोटोकल प्रस्तुत गर्ने यो webinar सिर्जना गर्‍यो।


यो एनिमेटेड भिडियोले अधिकारी र आपतकालीन प्रतिक्रियादाताहरूले COVID-19 महामारीको अवधिमा आफ्नो दैनिक सञ्चालनहरू सम्पादन गर्दा अपनाउनुपर्ने उचित सावधानीहरूलाई हाइलाइट गर्ने एक दृश्यात्मक उपकरणको रूपमा सेवा प्रदान गर्दछ। भिडियोमा COVID-19 कसरी फैलन्छ, सार्वजनिक स्थलमा अन्तरक्रिया गर्दा सुझावहरू र उपकरण र कपडालाई कसरी सही तरिकाले स्वच्छ राख्ने चरणहरू बारे आधारभूत सारांश समावेश छ।